काठमाडौ २८ फागुन
तीन दिनको सार्वजनिक विदा पछि आजबाट सरकारी कार्यालहरु खुल्ने भएका छन् । शुक्रबार नारी दिवस शनिबार र हिजो शिवरात्री परेपछि एकैपटक तीन दिन विदा भएको थियो । तीन दिनको विदा सकिएसँगै राजधानीका सडकमा सवारीको चाप बढ्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसैविच, बितेको २४ घन्टामा काठमाडौ उपत्यकामा मात्रै १९ वटा दुर्घटना भएका छन । जसमा एक जनको मृत्यु समेत भएको छ । इचंगुनारायणमा शिबरात्री पर्वका अबसरमा डोरीले गाडि छेक्ने क्रममा एक बालिकको मृत्यु भएको हो ।
यसैगरी आज विहानै बौद्धमा पर्यटक बोक्ने गाडिले ठक्कर दिदा स्थानिय महिला भुदि लामा गम्भीर घाइते हुनु भएको छ । विहानै घरबाट फोहर फाल्न सडकमा निश्किएकी लामालाई पर्यटक बोक्ने गाडिले ठक्कर दिदा गम्भीर घाइते हुनु भएको हो । घाइतेको अहिले न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ ।
No comments:
Post a Comment