काठमाडौं, २८ फागुन ।
सार्वजनिक यातायातमा बढाईएको भाडा फिर्ता गर्नु पर्ने र तत्काल स्ववियु निर्वाचनको मिति घोषणा गर्नु पर्ने माग गर्दै बिभिन्न ११ बिद्यार्थी संगठन आन्दोलित बनेका छन् ।
नेपाली काँग्रेस निकट नेपाल बिद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा–माओवादी निकट अखिल क्रान्तीकारी लगायतका ११ बिद्यार्थी संगठनले भाडा समायोन र स्ववियु निर्वाचनको माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।
उनिहरुले अहिले ९ बजे देखि १० बजेसम्म देशभरका सरकारी क्याम्पस अगाडी एक घण्टा चक्काजाम समेत सुरु गरेका छन् । त्यस्तै बिहान ११ बजे यातायात व्यवस्था मन्त्रीलाई भाडा फिर्ता लिन ज्ञापन पत्र बुझाउने र सरकारले तत्काल भाडा फिर्ता नलिए चरणबद्ध आन्दोलन सुरु गरिने बिद्यार्थी संगठनहरुको योजना छ । नेबिसंघ प्रवक्ता युपि लामिछानेले सार्वजनिक यातायात भएको भाडा बृद्धिले सर्वसाधारणहरु चौतर्फी मारमा पर्ने भएकाले फिर्ताका लागि दवाव दिन आन्दोलन गर्नु परेको जानकारी दिनु भएको छ ।
No comments:
Post a Comment