Thursday, January 28, 2016

PM मोदी ने ली मंत्रियों की क्लास, बोले- तुरंत हो शिकायतों का निपटारा...नहीं तो होगी सख्त कार्रवाई

PM मोदी ने ली मंत्रियों की क्लास, बोले- तुरंत हो शिकायतों का निपटारा...नहीं तो होगी सख्त कार्रवाई

नई दिल्ली: प्रधानमंत्री नरेंद्र मोदी ने बुधवार को अपने मत्रिमंडल सहयोगियों के साथ बैठक कर सरकार और विभिन्न मंत्रालयों के द्वारा लिए गए फैसले को लागू करने की समीक्षा की है। सूत्रों के मुताबिक तीन घंटे तक चली इस बैठक में मोदी ने सरकार द्वारा चलाई जा रही योजनाओं और प्रमुख परियोजनाओं का जायजा भी लिया। मोदी ने इस बात पर जोर दिया कि यह सुनिश्चित किया जाए कि सरकार के विकास के एजेंडे का फायदा जल्द से जल्द लोगों तक पहुंचे।


ग्रामीण विकास मंत्रालयों के प्रदर्शन पर चर्चा की
इस बैठक में कृषि, जल संसाधन और ग्रामीण विकास मंत्रालयों के प्रदर्शन पर चर्चा की गई। खाद्य पदार्थों की महंगाई के मुद्दे पर भी चर्चा की गई और प्रधानमंत्री ने खास तौर पर दालों की कीमतों से जुड़े मंत्रालयों को निर्देश दिया कि यह सुनिचित किया जाए की दालों की कीमतों में फिर से वृद्धि न हो।

परियोजनाओं की समीक्षा
इस बैठक में ग्रामीण विकास के लिए चल रही प्रमुख योजनाओं में से एक मनरेगा की भी समीक्षा की गई। सूत्रों के मुताबिक बैठक में गंगा की सफाई से संबंधित योजनाएं विशेष रूप से प्रधानमंत्री का पसंदीदा ‘नमामि गंगे’ परियोजना के संबंध में भी चर्चा की गयी। सूत्रों के अनुसार, मोदी चाहते है कि इस तरह की बैठकों में हर महीने आयोजित किया जाना चाहिए। इससे पहले दिन में मोदी ने वरिष्ठ अधिकारियों से लोगों की शिकायतों का तुरंत निपटारा करने और हीलाहवाली करने वाले अधिकारियों के खिलाफ कड़ी कार्रवाई करने को कहा है।

सीमा और उत्पाद शुल्क सेक्टर से संबंधित लोगों की शिकायत पर सख्त मोदी
मोदी ने परियोजनाओं के समयबद्ध क्रियान्वयन और सुशासन के संबंध में बनाए गए मंच प्रगति की बैठक में यह बात कहीं। सीमा और उत्पाद शुल्क क्षेत्र में लोगों की शिकायतों पर कड़ा रुख अपनाते हुए प्रधानमंत्री ने इसके लिए जिम्मेदार अधिकारियों के खिलाफ कड़ी कार्रवाई करने के निर्देश दिए। उन्होंने जनसेवा से जुड़े विभागों के सचिवों को शिकायतों को तुरंत निपटाने के लिए उच्च स्तर पर निगरानी तंत्र स्थापित करने को कहा।Panjab Kesari

Friday, May 16, 2014

हस्तलिखित पासपोर्टलाई पनि श्रम स्वीकृति दिइने

जेष्ठ २ काठमाडौ - वैदेशिक रोजगार विभागले तीन महिनाअघि गरेको 'जेठ १ गतेदेखि हस्तलिखित राहदानीमा श्रम स्वीकृति नदिने' निर्णयलाई श्रम तथा रोजगार मन्त्रालयले सच्याएको छ ।

विभागको निर्णयबाट आप्रवासी कामदार समस्यामा परेपछि मन्त्रालयले बिहीबार डिसेम्बरसम्म हस्तलिखित राहदानीमा समेत श्रम स्वीकृत दिने निर्णय गरेको हो ।

मन्त्रालयले नयाँ श्रम स्वीकृत लिएर जाने कामदारलाई एमआरपी र बिदा वा काम विशेषलाई स्वदेश आएर फर्किनेलाई पुरानै राहदानीमा श्रम स्वीकृति वा नवीकरण गरिदिने निर्णय गरेको हो ।'ढिलो-चाँडो एमआरपीमा नगई नहुने भएकाले नयाँ श्रम स्वीकृति लिएर जाने कामदारलाई भने एमआरपी चाहिने भनेका छौं,' मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले कान्तिपुरलाई भने ।

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) को निर्णय अनुसार नोभेम्बर २४, २०१५ (२०७२ मंसिर ८) सम्म हस्तलिखत राहदानीको म्याद छ ।

Thursday, May 15, 2014

साधारण राहदानीलार्इ श्रम स्वीकृती नदिइने

जेठ १, काठमाडौं । जेठ १ गतेदेखि मेसिन रिडेवल पासपोर्ट (MRP) भएकाहरुले मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाउने भएका छन् । वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीकुमार कार्कीका अनुसार बिहीबारदेखि वैदेशिक रोजगारीमा जाने कामदारले हस्तलिखित राहदानीबाट श्रम स्वीकृति पाउने छैनन् ।
 
जेठ १ गते अघिनै भिसा आइसकेकाहरुले भने एमआरपी बनाउन निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपीसहित निवेदन दिएको अवस्थामा मात्र हस्तलिखित राहदानीबाट श्रम स्वीकृति दिइने उनले जानकारी दिए । त्यस्तै पुनः श्रमस्वीकृतिको हकमा एमआरपीको निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपी संलग्न राखी निवेदन दिएमा हस्तलिखित राहदानीबाट पुनः श्रमस्वीकृतिका लागि स्वीकृति दिइने प्रवक्ता कार्कीले बताए ।
 
विसं २०७२ मंसिरदेखि हवाइ यात्राका लागि विश्वभर अनिवार्य रुपमा एमआरपी राहदानी लागू गर्ने प्रावधान लागू भएपछि नेपाली कामदारलाई सहज होस् भनेर आफूहरुले जेठ १ देखि श्रमस्वीकृतिका लागि एमआरपी अनिवार्य गर्न लागेको प्रवक्ता कार्कीको भनाइ छ ।

Sunday, April 21, 2013

चुनाव विरुद्ध रहेका दलहरुले निर्वाचन आयोगको ध्यान आकर्षण गराउँदै


काठमाण्डौ, वैशाख ८ ।
संविधानसभा चुनावको विरुद्धमा रहेका दलहरुले आजबाट चौथो चरणको आन्दोलन सुरु गर्ने भएका छन् । हिजोको निर्णय अनुसार दल दर्ताको सूचिमा दर्ता भएका र नभएका ३३ दलले आज निर्वाचन आयोगमा पुगि मतदाता नामावली संकलन रोक्न ध्यानाकषर्ण गराउने भएका छन् । दिउँसो निर्वाचन आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई ज्ञापनपत्र बुझाउने क्रान्तिकारी कम्युष्यिट पार्टीका महासचिव मणी थापाले जानकारी दिनुभयो । आयोगले आफ्नो ध्यानाकर्षण नसुने जिल्ला जिल्लामा अवरोध अभियान चलाउने उनीहरुले चेतावनी दिएका छन् । थापाका अनुसार१० बजेपछि ज्ञापनपत्र बुझाउन आयोग जाने तय भए पनि ज्ञापनपत्र बुझाउने समय एकिन भइसकेको छैन ।

बस दुर्घटना ३ जनाको मृत्यु


काठमाण्डौ, वैशाख ८ ।
कपिलवस्तुमा बिहानै यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कविलवस्तुको शिवपुर उमरीचोकमा विहान ४ बजेतिर बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन् । बाग्लुङबाट बदिर्याको कोठियाघाटका लागि छुटेको ना ४ ख ७३ ९८ नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवपुर उमरीचोकमा रोकीराखेको ना ३ ख ५१ ६८ नम्बरको ट्रकसित ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिल्वस्तुले जनाएको छ । मृतकको अहिलेुसम्म सनाखत भइसकेको छैन भने घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

पूर्व राजा ज्ञानेन्द्रसहित परिवारका सदस्य आज नेपाल फर्किदै


काठमाण्डौ, वैशाख ८ ।
पूर्व राजपरिवारका सदस्यहरु आज बैंककबाट नेपाल फर्किने भएका छन् । पूर्वयुवराज पारस शाहलाई पुनःस्थापना केन्द्रमा राखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी र हिमानीकी जेठी छोरी आज काठमाण्डु फर्किन लागेका हुन् । गत फागुनमा बैंकक गएका पूर्व राजपरिवारका सदस्य झण्डै दुई महिनाको बसाईपछि आज नेपाल फर्किन लागेका हुन् । आज दिउँसो १२ बजेपछि पूर्व राजपरिवारका सदस्य काठमाण्डु आइपुग्ने पूर्व राजपरिवारका एक सहयोगीले जनाएका छन् ।

धार्मिक महोत्सव आजदेखि


दाङ्ग, वैशाख ८ ।
दाङको तुलसीपुर ९ दोघरेमा आजदेखि १ हजार ८ मुर्ती प्रदर्शन तथा महान धार्मिक महोत्सब २०७० आजदेखि सुरु हुने भएको छ । नेपालकै दोस्रो ठुलो धार्मिक महोत्सवको पहिलो दिन विहान ९ बजे झाँकीसहित शोभायात्रा निकालिने आयोजक समितिका संयोजक शोभाराम केसीले जानकारी दिनुभयो । दोघरे निमाविको स्तर बृद्धिका लागि आयोजना गरिएको महोत्सवमा ५ लाख दर्शकले मेलाको अबलोक गर्ने र करिव ३ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ ।

Sunday, April 7, 2013

झापामा सिमा क्षेत्रमा रहेका कुखुरा तथा पक्षिजन्य फर्महरुमा कडा निगरानी सुरु


  झापा,चैत २५ ।
पूर्वी नेपालको झापामा भारत संगको खुल्ला सीमाका कारण बारम्बार रुपमा वर्डफ्लुको संक्रमण देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले सिमा क्षेत्रमा रहेका कुखुरा तथा पक्षिजन्य फर्महरुमा कडा निगरानी सुरु गरेको छ । बिना ईजाजत सञ्चालन भएका फर्महरु बन्द गराईने र ईजाजत लिएर सञ्चालन भएका फर्महरुको समेत कडा निगरानी गरिने झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्माले बताउनुभयो । झापामा सिमा आसपासमा दर्जनौ कुखुरा फर्महरु रहेको छ । 

चारबर्ष पहिले नेपालमा नै पहिलो पटक झापामा वर्डफ्लुको संक्रमण देखिएको र यो अबधिमा आठौ पटक पुन बर्डफ्लुको संक्रमण देखिएपछि प्रशासनले सिमा क्षेत्रमा रहेका पोल्ट्रि तथा पंक्षिजन्य फर्महरुमा निगरानी बढाउन अग्रसर भएको हो ।  

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार भारतमा सस्तो रुपमा चल्ला तथा यसको दाना पाईने भएकाले यहाँका केहि ब्यवसायीहरु त्यहि निर्भर रहने भएकालेझापामा भारतबाट नै वर्ड फुलु फैलिएकाले सिमा कडाई गरीदै आएपनि लुकाई छिपाई भारतबाट कुखुराका चल्ला तथा पंक्षि र पंक्षिजन्य सामाग्रिहरु ल्याउने गरिएकाले त्यसैको माध्यमबाट रोग फैलने खतरा बढेको हो ।


Sunday, March 24, 2013

सत्तरी बर्षे बृद्धाको रहर....मुख मैथुन


झापा,  चैत ११ ।

झापा जिल्लामा छ वर्षीया बालिकालाई अप्राकृतिक मुख मैथुन गराउन बाध्य बनाउने एक बृद्धा प्रहरी फन्दामा परेका छन् । स्थानीय ६ बर्षीया बालिका कालिका शर्मा (नाम परिवर्तन) लाई अप्राकृतिक मुख मैथुन गरेको अभियोगमा सुरङ्गा–८ का ७० बर्षीय डिल्लीराम पौडेल पक्राउ परेका हुन् ।

पौडेलले कालिकालाई शनिबार करिव चार बजे आफ्नै घरमा ल्याई मीठाई खान दिएर अप्राकृतिक मुख मैथुन गरेको प्रहरीले जनाएको छ । बृद्धाको दवाव पछि मुख मैथुन गर्न बाध्य बालिकाले आमा/बाबुलाई जानकारी गराएकी थिईन् । बाबुको उजुरी पछि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Friday, March 22, 2013

अखिल क्रान्तिकारीद्धारा झापामा तोडफोड



झापा,  चैत ९। 

झापा जिल्लामा एमाओवादी निकट अखिल क्रान्तिकारीले माग गरे अनुसारको चन्दा रकम नपाएको आवेगमा स्कुलको बस र कम्युटरमा तोडफोड गरेर क्षतिपुराई दिएको छ । भद्रपुर नगरपालिका–११ स्थित एमरल उच्च माविमा को बस र कम्युटरमा आज विहान करिव सवा आठ बजे अखिल क्रान्तिकारीका विद्यार्थीको समूहले तोफोड गरेर क्षतिपुराएको प्रहरीले जनाएको छ ।


स्कुलमा जवर्जस्ती प्रवेश गरका विद्यार्थीले माग गरे बमोजिमको चन्दा रकम नपाएको भन्दै मे.१ ख ११७० नम्बरको बसको अगाडिको शिशा फुटाई दिएका हुन् । उनीहरुले कार्यालयभित्रको कम्प्युटर १ थान र टेलिफोनमा पनि तोडफोड गरेका छन् । विद्यार्थीले स्कुलको दराजबाट कागजपत्रहरु निकाली फालेको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न अखिल क्रान्तिकारीका विद्यार्थीको खोजी कार्यजारी रहेको प्रहरी भनाई छ ।