काठमाण्डौ, वैशाख ८ ।
संविधानसभा चुनावको विरुद्धमा रहेका दलहरुले आजबाट चौथो चरणको आन्दोलन सुरु गर्ने भएका छन् । हिजोको निर्णय अनुसार दल दर्ताको सूचिमा दर्ता भएका र नभएका ३३ दलले आज निर्वाचन आयोगमा पुगि मतदाता नामावली संकलन रोक्न ध्यानाकषर्ण गराउने भएका छन् । दिउँसो निर्वाचन आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई ज्ञापनपत्र बुझाउने क्रान्तिकारी कम्युष्यिट पार्टीका महासचिव मणी थापाले जानकारी दिनुभयो । आयोगले आफ्नो ध्यानाकर्षण नसुने जिल्ला जिल्लामा अवरोध अभियान चलाउने उनीहरुले चेतावनी दिएका छन् । थापाका अनुसार१० बजेपछि ज्ञापनपत्र बुझाउन आयोग जाने तय भए पनि ज्ञापनपत्र बुझाउने समय एकिन भइसकेको छैन ।
No comments:
Post a Comment