Monday, March 11, 2013

बिजुली पुगेको बाह«बर्षपछि माङचोकमा बिजुली बल्यो, स्थानीयबासिन्दा खुसी (ईलाम)


ईलाम,फागुन २८ ।
इलामको नाम्सालिङ वडा नम्बर १ स्थित माङ्चोक क्षेत्रका बासिन्दा गाउँका बिजुली पुगेको करिब १२ बर्षपछि मात्र उज्यालोमा बस्न पाएका छन् । गाउँमा १२ वर्षअघि बिजुली पुगे पनि वडा नम्बर १ माङचोक क्षेत्रका बासिन्दा भने टुकिको भरमा रात बिताउन बाध्य बन्दै आएका थिए । तर अब भने बिजुलीको आशमा बसेका उनीहरुको सपना पुरा भएको छ । 
गाबिसको पहल र स्थानीयबासिन्दाको सक्रियतामा त्यस क्षेत्रमा १२ बर्षपछि बिजुली बनेको छ । बिजुली बिस्तारका लागि गाविस र विद्युत प्राधिकरणमा पटक–पटक आग्रह गरेपनि चासो नदिएपछि स्थानियकै सक्रियतामा १२ बर्षपछि गाउँमा बिजुली बाल्न सफल भएको विद्युत बिस्तार समतिका सचिब नवनारायण दहालले बताउनुभयो । गाउँमा बिजुली बाल्नका लागि प्रत्येक घरधुरिबाट दुई हजार रुपैंयाका दरले आर्थिक संकलन गरेको बताइएको छ । त्यही गाविसे वडा नम्बर ५, ६ ८ र ९ का केहि भागहरुमा अझैपनि बिद्युत विस्तार हुन सकेको छैन ।


No comments:

Post a Comment