काठमाडौ २८ फागुन
नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ । प्राधिकरणले एसएलसी परीक्षालाई ध्यानमा राख्दै हप्ताको १२ घण्टा लोडसेडिङ्ग घटाएको हो । नयाँ तालिका अनुसार आजदेखि दैनिक १० घण्टाका दरले हप्तामा ७० घण्टा लोडसेडिङ हुने छ । यसअघि हप्ताको ८२ घण्टा लोडसेडिङ्ग हुँदै आएको थियो । नदीमा पानीको जलस्तर घट्ने क्रममा रहे पनि तापिय विद्युत सञ्चालन, भारतबाट विद्युत आयत, काली गण्डकी ए जल विद्युत केन्द्रको मर्मत लगायतका कारणले लोडसेडिङ घटाउन सकिएको प्राधिकरणले जनाएको छ ।
No comments:
Post a Comment