काठमाडौ फागुन२८ ।
चट्याङ लागेर नुवाकोटमा एक जनाको मृत्यु भएको छ । महाकाली गाउँ विकास समितिमा हिजो साँझ चट्याङ लाग्दा ४३ वर्षीय पेमा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै नुवाकोटकै पञ्चकन्या गाविस–१ घलेमा पनि चट्याङबाट दुई जना घाइते भएका छन । यसैविच, धादिङको बसेरी गाउविकास समिति वडानम्बर ९ बाँगे पिपलमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । अरु चार जना घाइते भएका छन् । हिँजो साँझ परेको चट्याङ लागेर ५१ बर्षिया जिरादेबी न्यौपानेको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । घाइतेहुनेमा सुलोचना ढकाल, संगिता थापा, सविता श्रेष्ठ र सितादेबी अधिकारी रहेका छन् । उनीहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
No comments:
Post a Comment