Monday, March 11, 2013

एसएलसीको प्रश्नपत्र जिल्ला जिल्लामा पुग्यो


काठमाडौ  फागुन २८
आगामी विहिबार देखि सुरुहुने एसएलसी अर्थात प्रबेशिका परीक्षका लागि सवै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुगेका छन् । १ देखि सुरु भएर ९ गते समापन हुने एसएलसीमा यसवर्ष पाँच लाख ४६ हजार १ सय ६५ जना सहभागि हुने छन् । जसकालागि देशैभर १ हजार ७ सय ८६ वटा परीक्षा केन्द्र तोकिएको छ ।
सबै जिल्लामा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याइएको र त्यसको सुरक्षाको व्यवस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment