झापा,चैत ६ ।
झापाको मेचिनगर ११ र १२ वडामा टेलिफोनको केबुलतार चोरी भएपछि २ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । आइतवार राती करीब एक सय मिटर केबुल तार चोरी भएपछि वडा नम्बर ११र १२ का ३९ उपभोक्ता टेलिफोन सेवा लिनबाट प्रभाबित भएको नेपाल टेलिकम शाखा धुलाबारीले जानकारी दिएको छ ।
टेलिफोनको तार चोरी भएपछि सेवा लिनबाट बञ्चित हुनु परेको उपभोक्ताहरुको गुनासो रहेको छ ।
No comments:
Post a Comment