काठमाडौं, २५ फागुन । सोमबारदेखि नेपाल विद्युत प्राधिकरणले दुई घण्टा लोडसेडिङ घटाउने भएको छ ।
फागुन–१७ देखि मर्मतका लागि उत्पादन बन्द गरिएको कालीगण्डकी जलविद्युत आयोजनाको मर्मत आज (शनिबार) सम्पन्न भएपछि सोमबारदेखि लागू हुने गरी दुई घण्टा लोडसेडिङ घटाउन लागिएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए ।
माघ–२१ मा हप्तामा ८४ घण्टा लोडसेडिङ पुराएको प्राधिकरणले ७० घण्टामा झारेको हो । १४४ मेगावाटको कालीगण्डकी आयोजनाबाट करिब ५२ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।
एक हजार मेगावाट विद्युत माग भएको प्राधिकरणमा भारतबाट आयात १४५ मेगावाटसहित प्राधिकरण र निजी क्षेत्रको ४५० मेगावाट विद्युत क्षमता छ भने अझै ५ सय ५० मेगावाट विद्युत अभाव छ ।
चैत्रदेख सुरु हुन लागेको प्रवेशिका परीक्षालाई समेत लक्षित गरी लोडसेडिङ घटाउन लागिएको प्रमुख क्षेत्रीले बताए ।
No comments:
Post a Comment