Thursday, March 7, 2013

बन्द: करिब दुई सयभन्दा बढी पक्राउ


काठमाण्डौ,फागुन २४ ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको छ । काठमाण्डौमा बन्दकर्ताहरुको उपस्थिति सामान्य रुपमा देखिएको छ, भने निजी सवारीसाधन सामान्य रुपमा चलेका छन् । पसल व्यावसाय भने खुलेका छैनन तर सार्वजनिक सवारि सधान ठप्प छन् । तोडफोड र प्रदर्शनमा सहभागी भएको भन्दै प्रहरीले करिब दुई सय जनालाई नियन्त्रणमा लिएको जनाएको छ । समाजवादी विद्यार्थी सङ्घका अध्यक्ष नरेश यादव, बरिष्ठ उपाध्यक्ष रञ्जीत झा, समाजवादी युवा लीगका पूर्व महासचिवद्वय सञ्जीव झा र समीर मगर लगायतका ५० जना , राष्ट्रिय मधेस समाजवादी पार्टीका उपत्यका संयोजक महेश शाह कलवार, युवा नेता केशव झा, महिला नेतृ तोया गिरी, ललितपुर जिल्ला संयोजक राजकुमार कलवार, सदस्य लालु चौधरी, स्वतन्त्र
प्रजातानित्रक ट्रेड यूनियन महासंघका महासचिव खगेन्द्र प्याकुर्याल, पार्टी अध्यक्ष शरत्सिंह भण्डारीका प्रेस सल्लाहकार अनिलकुमार कर्ण र युवा नेता बलराम सुवेदी लगायत गरी कम्तिमा दुई सय जनाभन्दा बढिलाई प्रहरीले पक्राउ गरेको मोर्चाका प्रवक्ता परशुराम तामाङले जानकारी दिनुभयो । बन्द दिउँसो ४ बजेसम्म जारी रहने पने प्रवक्ता तामाङले बताउनुभयो । मोर्चाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन बन्द गर्न र पक्राउ परेकाहरुलाई अबिलम्ब रिहा गर्न माग पनि गरेको छ । बन्दको क्रममा विभिन्न सञ्चारगृहका सवारीसाधनमाथि भएको तोडफोडप्रति ध्यानाकर्षण भएको मोर्चाले जनाएको छ । मोर्चाले राज्यप्रायोजित घुसपैठियाहरुबाट तोडफोड भएको दावी गरेको छ । प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउने मुख्य चार शक्तिको निर्णयको विरुद्धमा मधेसी जनअधिकार फोरम नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल नागरिक पार्टी, जनमुतिm पार्टीलगायतका दल सहभागी मोर्चाले बन्दको आह्वान गरेको हो ।

No comments:

Post a Comment